सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८१ फागुन ४ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कायम भएकाे छ । शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारेबार भएकाे थियाे ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएकाे छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया