फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ

बर्लिन । जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाएका छन् ।
मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्रतिद्वन्द्वी मेर्जले उनको खुला द्वार आप्रवासी नीतिको आलोचना गरेका छन् र संसद्मा यस विवादास्पद मुद्दामा दक्षिणपन्थी एएफडीको समर्थन स्वीकार गरेर उनको आक्रोश बेहोरेका छन् । उन्सत्तरी वर्षीय कानून व्यवसायी मेर्जसँग बलियो व्यावसायिक पृष्ठभूमि छ ।
लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उनी करोडपति बन्नुभएको छ तर उनले कहिल्यै सरकारी नेतृत्वको पद सम्हालेका छैन । यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोज्नुभएको छ र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गरेका छन् ।
वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु-सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उनी करोडपति बन्नुभएको छ तर उनले कहिल्यै सरकारी नेतृत्वको पद सम्हालेका छैन ।
यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोज्नुभएको छ र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गरेका छन् । वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु-सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना गरेका छन् ।
व्यक्तिगत स्वीकृति दर न्यून भए पनि सर्वेक्षणहरूले लामो समयदेखि स्कोल्जलाई हटाउन र जर्मनीका लागि ‘तीन खेर गएका वर्षहरू’ भनेको अन्त्य गर्न मेर्जले बलियो दाबेदारको रूपमा घोषणा गरेका छन् । गत हप्ता संसद्मा मेर्जले स्कोल्ज र उनका सहयोगीहरूलाई कम्पनी दिवालिया बनाएर पनि आफ्नो सम्झौता चार वर्ष थप्न माग्ने व्यवसाय प्रबन्धकहरूसँग तुलना गरे । तपाईंलाई थाहा छ मालिकहरूले हाँस्न छोडेपछि के भन्थे ? मेर्जले व्यङ्ग्यात्मक रूपमा सोधे, उनीहरूले तपाईंलाई विनम्रतापूर्वक कम्पनी छोड्न अनुरोध गर्थे । सामान्य जीवनमा यस्तै हुन्छ ।
मेर्जको चुनावी वाचा बिग्रँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र ‘फेरि गर्व गर्न सकिने जर्मनी’ का लागि बर्लिनको अन्तर्राष्ट्रिय भूमिका पुनर्निर्माण गर्नु रहेको छ ।
प्रतिक्रिया