माल्दिभ्सको हरित अभियान : पच्चास लाख रुख रोप्ने योजना

कोलम्बो । माल्दिभ्स सरकारले सन् २०२५ को अन्त्यअघि २० लाख रूख रोप्ने लक्ष्य राखेको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले सुरु गरे वृक्षारोपण कार्यक्रम जलवायु परिवर्तनसँग जुध्ने, जैविक विविधताको अभिवृद्धि र लोपोन्मुख स्थानीय रूख प्रजातिको संरक्षण गर्ने उद्देश्य रहेको मन्त्रीले बताए ।
यस पहलले फलफूलका रूख, फूल फुल्ने रूख र परम्परागत औषधिमा प्रयोग हुने रूख लगायत लोप हुने खतरामा रहेका देशी रूख प्रजातिहरू रोप्नमा केन्द्रित छ ।
पाँच वर्षको अवधिमा, कार्यक्रमले देशको पर्यावरण र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरी कुल ९० प्रकारका फलफूल र तरकारी उत्पादन गर्ने बिरुवा रोप्ने लक्ष्य राखेको छ ।
पहललाई थप दिगो बनाउनका लागि मन्त्रीले ५० लाख रुख रोप्ने कार्यक्रमका लागि विशेष मोबाइल एप्लिकेसन डिजाइन गर्ने योजनाको खुलासा गर्नुभयो, जसले मानिसहरूलाई विशेष रुख कहाँ र कसले रोपेको हो भनी थाहा पाउन सकिन्छ ।
रासस/सिन्ह्वा
प्रतिक्रिया