आइतबार, वैशाख ७, २०८२

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको कठिन जितमा विमला निर्णायक

नेपालखोज २०८१ फागुन ५ गते २०:२४

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध १-० को कठिन जित निकालेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलले पराजित गर्‍यो ।

११औँ मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो ।

मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट हेडर गोल गर्दै विमलाले नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् ।

प्रतिक्रिया