क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, तीनजना गम्भीर घाइते
नेपालखोज
२०८१ फागुन ६ गते ७:५२

काठमाडाैं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान पल्टिएको छ । ८० जना सवार विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हाे ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो ।
चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूमा एक बालक र दुई वयस्क रहेका छन् ।
एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन । बीबीसी
सम्बन्धित
प्रतिक्रिया