शुक्रबार, वैशाख २६, २०८२

प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु

नेपालखोज २०८१ फागुन ७ गते १६:२६

काठमाडौं । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौंबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ ।

यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।

प्रोटन इमास ७ भ्रमणले नेपाली उपभोक्तालाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रसम्मका विविध भू-भाग र परिदृश्य समेट्ने छ ।

भ्रमण बारे जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भन्छन्-७३३९;प्रोटन इमास ७ नेपालको अद्वितीय भू-भाग परीक्षण गर्न यो यात्रामा निस्कन पाउँदा गर्व गर्छ । यो भ्रमणले ग्राहकसँगको सम्बन्ध बलियो बनाउन, सबै क्षेत्रका ग्राहकलाई प्रोटन इमास ७ को बारेमा जानकारी दिन मद्दत गर्नेछ ।

प्रोटोन इमास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउछ भने यो कसरी नेपाली बजारको लागि ७३३९;गेम चेन्जर ७३३९; हुदै छ भनेर देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमस ७ दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुनेछ ।

प्रतिक्रिया