आइतबार, वैशाख ७, २०८२

भद्रपुर झापा गोल्डकप : झापा-११ क्वार्टर फाइनलमा

नेपालखोज २०८१ फागुन ८ गते २०:११

झापा । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा झापा ११ ले मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै झापा-११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

झापाका लागि खेलको २९औँ मिनेटमा बबिन बोहोराले गरे । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । शुक्रबार हुने पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।

उपाधि विजेताले १३ लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले रु सात लाख, ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतिक्रिया