आइतबार, वैशाख ७, २०८२

भद्रपुरझापा गोल्डकपः पहिलो क्वाटरफाइनल आज

नेपालखोज २०८१ फागुन ९ गते १०:२२

भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदैछ । मेची रङ्गशालामा अपराह्न क्वाटरफाइनल हुनेछ ।

गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो । प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागी छन् ।

यही फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म जारी रहनेछ । दार्जिलिङ पुलिस क्लब र ‘ए’ डिभिजनको मच्छिन्द्र क्लब पहिलो खेल हारेर प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया