आइतबार, वैशाख ७, २०८२

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा छैठौं सार्भी लिर्डस राउण्ड टेवल सम्पन्न

नेपालखोज २०८१ फागुन ९ गते ११:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा छैठौं सार्भी लिर्डस राउण्ड टेवल बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलंकका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन,, बंगलादेशको अर्थ मन्त्रालयका सहसचिव कमल हक मारूफको आदिको उपस्थिती रहेको थियो ।

बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्फबाटमा आफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विश्रमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवद्र्धनका लागि सार्फी मार्फत अबलम्वन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो । सो अवसरमा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा ठुलो फड्को मारेको चर्चा गरे ।

दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउनका निम्ति वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आव्हान गरे ।

यसैगरी श्रीलंककाका केन्द्रीय बैंकका गभर्नर डा. पी. नन्दलालले श्रीलंककाको वित्तीय समावेशीकरणको स्थितिबारे प्रकाश पाश्र्वे दक्षिण एसियामा वित्तीय पहुँच र शितीय सेवा विस्तारका निम्ति सार्फी मार्फत भवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे प्रस्तुत गरे ।

याे अवसरमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम डुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राख्दे दक्षिण एसियामा वित्तीय सेशको पहुँच विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्नका निम्ति सार्फी महत्वपूर्ण सञ्जाल रहेको धारणा राखिन ।

प्रतिक्रिया