आइतबार, वैशाख ७, २०८२

भरूवा बन्दुक सहित एक जना पक्राउ

नेपालखोज २०८१ फागुन ११ गते १७:०५

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिकलाई भरूवा बन्दुक २ थान र बारूद सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलमा सवार १ जनाको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–३ हर्वलेचोकस्थित सडकमा ना.१ क ९१२९ नम्बरको टिपर शनिबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी बस्ने ३२ वर्षीय नर बहादुर वाईबाको घटनास्थलमै मृत्यु भएको छ ।

सिराहाको मिर्चैया नगरपालिका–७ स्थित सडकमा रोकी राखेको प्र.२–०१–००१ ख ००३६ नम्बरको टिपरमा प्र.३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका–१४ बस्ने २७ वर्षीय मिलन सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनोकामना अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया