मंगलबार, वैशाख ९, २०८२

मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी

नेपालखोज २०८१ फागुन ११ गते १५:५९

बेरुत । लेबनानी इस्लामिक लडाकू समूह हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएका नेता हसन नसरल्लाहको अन्त्येष्टि आइतबार गरिएको छ । बेरुतको बाहिरी इलाकामा रहेको एक रङ्गशालामा हजारौँ मानिस कालो पहिरनमा सजिएर आफ्ना नेताप्रति शोक व्यक्त गरेका छन् ।

सहभागीमध्ये केहीले हिजबुल्लाहको झण्डा फहराइरहेका वा समूहका मारिएका नेता हसन नसरल्लाहको तस्वीर बोकेका देख्न सकिन्छ । अन्त्येष्टि समारोहमा दशौँ हजार मानिस सहभागी भएका सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रशारण गरिएको स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले देखाएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि लेबनानी आन्दोलनको नेतृत्व गरेका चमत्कारिक हिजबुल्लाह नेता नसरल्लाको हत्याले इरान समर्थित समूहको लडाकु शक्तिका रूपमा प्रतिष्ठामा ठूलो धक्का पुगेको छ । हिजबुल्लाहले लेबनानका उच्च अधिकारीलाई निमन्त्रणा गरेको छ, जसमा इरानी संसदका सभामुख मोहम्मद बघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित थिए । अराघचीले बेरुतबाट एक भाषणमा मारिएका नेताहरूलाई ‘प्रतिरोधका दुई नायक’ को रूपमा वर्णन गरे र ‘प्रतिरोधको मार्ग जारी रहने’ प्रतिज्ञा गरे ।

दशकौँदेखि देशको राजनीतिमा पनि प्रमुख भूमिका खेलेको हिजबुल्लाहले लामो समयदेखि सामाजिक र आर्थिक सेवा प्रदान गरेर देशको बहुसङ्ख्यक शिया मुस्लिम समुदायमा समर्थन आधार पाएको छ। गत सेप्टेम्बरमा हिजबुल्लाहको दक्षिणी बेरुत किल्लामा इजरायली आक्रमणमा नसरल्लाहको मृत्यु भएपछि सुरक्षाका कारण ढिलाइ भएको समारोहस्थलमा लेबनान र बाहिरका धेरै पुरुष, महिला र केटाकेटीहरू कठोर जाडोमा पैदल हिँडेका देखिन्थे ।

तीमध्ये एक थिए ५५ वर्षीय उम महदी पनि “अन्तिम पटक नसरल्लाहलाई भेट्न र उनको अन्त्येष्टिमा सामेल हुन आएका महमीले हिजबुल्लाह नेता नसरल्लाहको मृत्युले आफू स्तब्ध भएको बताए ।

प्रतिक्रिया