भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छ : सांसद खनाल
नेपालखोज
२०८१ फागुन १२ गते १४:०४

काठमाडौं । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व सङ्कलन बढाउन सरकारको ध्यानार्कषण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताए ।
‘महेशपुरमा ५० लाख रूपैयाँ बराबरको चिनी जम्मा भएको छ । समयमा लिलाम गर्न नसक्दा त्यसलाई नष्ट गर्न उल्टै पाँच लाख रूपैयाँ लाग्ने भयो,’ उनले भने, ‘देशभरका अन्य भन्सारमा ट्रक, मोटरसाइकललगायत सवारीसाधन खिया लागेको अवस्थामा छन् । सरकारको राजस्व खेर गइरहेको छ ।’
सम्बन्धित
प्रतिक्रिया