बिहीबार, वैशाख ११, २०८२

अध्यक्ष दाहालद्वारा तराई-मधेस जागरण अभियानको उद्घाटन

नेपालखोज २०८१ फागुन १२ गते १६:२५

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको उद्घाटन गरेका छन् ।

कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट अध्यक्ष दाहालले अभियानको आज उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताए । उनले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताए ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले जनताको कुरा सुन्ने, दु:ख, सुख बाँड्ने र उत्पीडनमा परेकाको अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताए । उनले विगतमा पार्टीले गरेको कमीकमजोरीलाई पाँच महिनासम्म स्थानीय तहदेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित जनतामा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया