बिमा प्राधिकरणकाे अध्यक्षमा शरद ओझा
नेपालखोज
२०८१ फागुन १२ गते २१:४८

काठमाडाैं । सरकारले नेपाल बिमा प्राधिकरणकाे अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न रहँदै आएका थिए । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।
वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायरगरेपछि कार्यकाल सकिनु एक महिना बाँकी छदै स्वत पदमुक्त भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया