ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक

वाशिंटन । शरणार्थी दर्ता कार्यक्रम स्थगित गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले रोक लगाएको छ । सिटलका जिल्ला न्यायाधीश जमाल ह्वाइट हेडले काँग्रेसले फ्रेम वर्कसहित तयार पारेको मापदण्डलाई मिचेर उनले एकतर्फी निर्णय गर्न नसक्ने बताएका छन् ।
न्यायाधीशले यो निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तलाई नै असर गरेको बताउँदै यसमा रोक लगाउनु आवश्यक रहेको समेत बताएका छन् ।
शरणार्थीले दिएको व्यक्तिगत निवेदनको आधारमा न्यायाधीशले यो निर्णय गरेका हुन् । यो निर्णय गर्ने सिटलका जिल्ला न्यायाधीश ह्वाइटहेडलाई सन् २०२३ मा राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका हुन् ।
युद्ध र प्राकृतिक विपत्ति लगायत कारणबाट विस्थापित भएर शरणार्थीको रूपमा अमेरिका आउने क्रम अहिले पनि जारी छ । ट्रम्प प्रशासनले यसरी आउने शरणार्थीलाई अमेरिकाले थेग्न नसक्ने भन्दै योक्रम रोक्नका लागि दर्ता प्रक्रिया नै रोक्ने निर्णय गरेको हो ।
संसारभरबाट अहिले पनि ६ लाख मानिस शरणार्थीको रूपमा अमेरिका आउने प्रक्रियामा छन् ।
प्रतिक्रिया