आइतबार, वैशाख ७, २०८२

ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८१ फागुन १४ गते ११:२४

काठमाडौं । ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी अछाम पञ्चदेवल विनायक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३३ वर्षीय ललित बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत अछामबाट उक्त मुद्दामा २०८१ असोज १४ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

प्रतिक्रिया