उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हुन् ।
बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने छ। पछिल्लो केही दिनयता सत्तारूढ दलको छलफल राम्रोसँग हुन नसकेकाले बैठक बस्ने जनाएको छ ।
सत्तारुढ कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय संयन्त्र गठन गरेका थिए । जसमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
त्यस्तै कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उच्चस्तरीय संयन्त्रमा छन् ।
प्रतिक्रिया