बिहीबार, वैशाख ११, २०८२

भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन : माधव नेपाल

नेपालखोज २०८१ फागुन १६ गते १९:२०

काठमाठौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन् ।

भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा अध्यक्ष नेपालले बिचौलियालाई पोस्ने गरि भूमिसम्बन्धी अध्यादेश ल्याएको र यसमा सरकारको नियत राम्रो नदेखिएको बताए । भूमिहिन सुकुम्वासीलाई जग्गामात्र बाडेर समस्या समस्या समाधान नहुने भन्दै उहाले त्यसका लागि उपयुक्त निति अपनाएर सहज जिवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अध्यक्ष नेपालले दुई-दुई पटक संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको पृष्ठभूमिका आधारमा पनि राम्रो कामका लागि अध्यादेश ल्याएको भन्नेमा आशंका उत्पन्न भएको धारणा राखे ।

उनले प्रक्रिया मिलेर ल्याइएको अध्यादेशलाई समर्थन गर्न नसक्ने स्पष्ट पार्दै फिर्ता लिन सुझाव दिए । अध्यक्ष नेपालले संविधान संशोधनका नाममा अर्को गठबन्धन ल्याएको तर प्रधानमन्त्रीले त्यसलाई २०८७ सालसम्म टार्न खोजेको बताए ।

प्रतिक्रिया