मंगलबार, वैशाख ९, २०८२

साइबर अपराधविरुद्ध बेलायतको सचेतना अभियान सुरु

नेपालखोज २०८१ फागुन १६ गते २२:११

काठमाडौं । बेलायत सरकारले भिसा ठगीविरुद्ध सचेतना जगाउन ‘भिसा फ्रड टन बचाओ’ नामक अभियान सुरु गरेको छ ।बेलायत यात्रा गर्ने मानिसलाई तथ्य जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दै, सरकारले उक्त अभियान सुरु गरेको छ ।

‘अभियानले भिसा घोटाला रणनीतिको बारेमा जागरूकता जगाउनेछ । साथै, अभियानले मानिसलाई शोषण, आर्थिक क्षति र भावनात्मक सङ्कटबाट जोगाउन मद्दत गर्नेछ । यसले बेलायत भ्रमण गर्नेलाई तथ्य जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दछ ।’

बेलायत सरकारले नागरिकलाई भिसा जालसाजी, आर्थिक र भावनात्मक जोखिमबाट आफूलाई जोगाउन मद्दत गर्न फेब्रुअरी २७ मा ’भिसा फ्रड तोन बचाओ’ अभियान सुरु गरेको थियो ।

‘भिसा जालसाजीले मानिसलाई शारीरिक हानि र शोषणको जोखिममा राख्छ । भिसा जालसाजी गरेको पाइएमा बेलायतको यात्रामा १० वर्षको प्रतिबन्ध लाग्न सक्छ । उक्त अभियानले अनियमित आप्रवासन र भिसा जालसाजी विरुद्धको लडाइलाई प्रतिनिधित्व गर्दछ,’ उच्चायोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया