बेलायतमा नोरोभाइरस सङ्क्रमणमा वृद्धि

काठमाडौं । बेलायतका स्वास्थ्य अधिकारीले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका छन् । युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचए) को पछिल्लो तथ्याड़कले देशभरि नोरोभाइरसका केस बढ्दै गएको देखाएको छ ।
युकेएचएले अघिल्लो पन्ध्र दिनको तुलनामा फेब्रुअरी ३ र १६ बीचमा भाइरसका केस झन्डै ३० प्रतिशतले बढेको र पाँच-सिजनको औसतभन्दा दोब्बर बढी भएको बताएको छ ।
स्वास्थ्य एजेन्सीका अनुसार ६५ वर्ष वा माथिका व्यक्तिमा सबैभन्दा धेरै केस फेला परेका छन् । मौसम न्यानो हुने बित्तिकै उक्त केस सामान्यतया वर्षको यो समयको घट्न थाल्छन् ।
भर्खरको तथ्याङ्कले यो सिजन नयाँ जीआइआइ १७ जीनोटाइपसँग जोडिएका केसको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । यसैबीच, जीआइआइ ४ जीनोटाइप पनि बढिरहेको छ ।
नोरोभाइरस सङ्क्रमणका सामान्य लक्षणमा बान्ता, पखाला र पेट दुख्ने समावेश छन् । भाइरसले कहिलेकाहीं ज्वरो, टाउको दुखाइ र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुन्छ ।
प्रतिक्रिया