विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शनिबारबाट सुरु हुने रमजान पर्व अघि विपन्न परिवारहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ ९लगभग ७१।५ मिलियन अमेरिकी डलर० को विशेष रमजान प्याकेज सुरु हुने घोषणा गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रमजानको पहिलो १० दिनमा वितरण गरिने यस प्याकेजबाट करिब ४० लाख योग्य परिवारले राहत पाउने बताए।
मुलुकभरका ४० लाख योग्य परिवारमा द्रुत रूपमा रकम हस्तान्तरण गर्ने उनले बताए । उनले सहुलियत दरमा चिनी उपलब्ध गराउन देशभर ६ सय स्टल समेत स्थापना गरिएको बताए ।
‘गत वर्षको तुलनामा यस वर्षको रमजानमा मुद्रास्फीतिमा उल्लेख्य कमी आएको उल्लेख गर्दै सरिफले उपभोग्य वस्तुको मूल्य घटाउनुका साथै पाकिस्तान सरकारले गरिब परिवारका लागि पवित्र महिनामा राहत रकम बढाएको हो ।’
प्रधानमन्त्रीले यस महान कार्यमा सहयोगका लागि विदेशी साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको प्रतिबद्धता र बहुमूल्य योगदानको कदर गरे । रासस/सिन्ह्वा
प्रतिक्रिया