बिहीबार, वैशाख ११, २०८२

एमालेको सचिवालय बैठक बस्दै

नेपालखोज २०८१ फागुन १८ गते ८:५१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीकाे आह्वानमा बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि सचिवालय बैठक बोलाएका हुन् ।

आफैंले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको जनाइएकाे छ ।

प्रतिक्रिया