आइतबार, वैशाख ७, २०८२

नेप्से २९ सय अंक नजिक, ७५ अंकले बढ्दा १४ अर्ब २५ करोडको कारोबार

नेपालखोज २०८१ फागुन १८ गते १५:२९

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज नेप्से ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४.४७ अंकले बढेर ४८४.३० अंकमा चढेको छ ।

३०२ वटा कम्पनीको एक लाख ३९ हजार ५९६ वटा कम्पनीको दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब २५ करोड चार लाख ७५ हजार ७३६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समूहको सूचक ०.२५ अंकले घटेपनि बाँकी समूहहरुको सूचक भने उच्च अंकले बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक ३६.२९ अंकले बढेर १ हजार ४६७.६४ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक ७५.८३ अंकले बढेर तीन हजार ८९४.७६ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक ६०१.६४ अंकले बढेर १४ हजार ५६८.६६ अंकमा पुगेको छ भने निर्जीवन बिमा समूहको सूचक ४४२.८९ अंकले बढेर १३ हजार ३९७.०८ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेको छ ।

नेप्सेमा आज हिमालयन डिष्ट्रिलरी प्रालीले सबैभन्दा बढी कमाउँदा समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया