चार अर्ब ७९ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चार अर्ब ७९ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । विभिन्न कोषमा रहेको रहेको रकम ३६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि मार्च १२, २०२५ देखि मार्च १२, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही फागुन २० गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकको लागि तीन अर्ब २० करोड ६५ लाख, बिकास बैंकको लागि ६० करोड ११ लाख र फाइनान्स कम्पनीको लागि २० करोड तीन लाख रुपैयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन
प्रतिक्रिया