आइतबार, वैशाख ७, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ फागुन २० गते १७:२८

दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्ला गुठीचौर गाउँपालिका–१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका–३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

सर्लाही । मलंगवा नगरपालिका–८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका–५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया