आइतबार, वैशाख ७, २०८२

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८१ फागुन २० गते १७:४०

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–६ बंगलामुखी क्रसर छेउस्थित सडकमा म.प्र.०२–००८ प १०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ मनहरीपुर बस्ने २२ वर्षीय बिमल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी महोत्तरीको पिपरा गाउँपालिका–६ छोटका पोखरीस्थित सडकमा रतौलीबाट रतनपुरतर्फ जाँदै गरेको ज.उ.म.न.पा.१ ख ०१०७७ नम्बरको ई–रिक्सा अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक धनुषा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय रवीशंकर ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ बेल्हीस्थित सडकमा बीआर ३० पी १७०३ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय अमित कुमार अधिकारीको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया