ब्राउन सुगर तथा गाँजासहित सशस्त्र प्रहरीद्वारा ६ जना नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार करीव ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका-१४ कलंकी स्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा धादिङ्ग जिल्लाको गल्छी गाउँपालिका-८ बस्ने २२ वर्षिय , सोही जिल्लाको निलकण्ठ गाउँपालिका-११ बस्ने २७ वर्षिय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका-३ बस्ने २७ वर्षिय र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३७ वर्षिय गरि ४ पुरुष रहेका छन् ।
एपीएफ इन्टेलीजेन्स व्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाईकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडी समेत नियन्त्रणमा लिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ के.जी. गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । थाई एयरवेजको उडान नं. त्न्घज्ञढ बाट नेपाल आएका ४० वर्षिय पुरुष र ३७ वर्षिय महिलाले लगेज भित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ के.जी. गाँजासहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएकालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।
प्रतिक्रिया