बिहीबार, वैशाख ११, २०८२

शाहीको चेतावनी- कुलमानलाई सरकारले निष्कासन गरे सडक र सदनबाट आन्दोलन हुन्छ

नेपालखोज २०८१ फागुन २१ गते १३:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कुनै बहाना बनाएर निष्कासन गरे सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लंघन हुने गरेको बताए ।

उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अंक दिएर षड्यन्त्र गरिएको बताए ।

प्रतिक्रिया