ओलीलाई रास्वपा सांसदहरूकाे प्रश्न- हिटलर बन्न खोजेको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकार निरंकुश बन्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।
सांसदहरूले ओलीलाई जर्मन तानाशाह हिटलरजस्तै बन्न खोजेको हो ? भनेर प्रश्न समेत गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका सांसदहरूले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरे ।
ओलीलाई ‘हिटलर बन्न लागेको हो ?’ भनेर प्रश्न सोध्ने पत्रकारको संसद्मा प्रवेश गर्नै पास निलम्बन गरिएको विषयमा आपत्ति जनाउँदै रास्वपा सांसदले ओलीलाई हिटलर बन्न खोजेको हो रु भनेर प्रश्न गरेका हुन् ।
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ माथि विरोधको सूचना पेश गर्न रोस्ट्रममा पुगेकी सांसद सुमना श्रेष्ठले पनि ओलीलाई हिटलर बन्न लागेको हो भनेर प्रश्न गरिन् ।
शून्य समयमा सांसद शिव नेपालीले प्रधानमन्त्री र उनको पार्टीलाई प्रश्न मन नपर्ने भन्दै कटाक्ष गरे । ओलीलाई ‘तपाईं हिटलर बन्दै हुनुहुन्छ ?’ भनेर संसद परिसरमा प्रश्न सोध्ने पत्रकारको पास निलम्बन गरिएको विषयमा संसद्मा अन्य सांसदले समेत सरकारको विरोध गरेका थिए ।
प्रतिक्रिया