बिहीबार, वैशाख ११, २०८२

आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश संसद्‌बाट स्वीकृत

नेपालखोज २०८१ फागुन २१ गते १६:३१

काठमाडौं । प्रतिनिधि सभा बैठकबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत भएको छ ।

सरकारले पुस २९ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो ।

यो अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि-बजेट छलफल सक्नुपर्ने लगायतका प्रावधान छ । नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने व्यवस्था छ । अध्यादेश अनुसार अब वैशाख १५ गते अगावै प्रि-बजेट छलफल सक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया