टीभीएस अपाचेले ‘एक्सचेन्ज मेनिया’ घोषणा गर्दै एक लाख सेलिब्रेशन डे मनाउँदै

काठमाडौं । नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीका लागि ‘१ लाख सेलिब्रेशन डे’का रुपमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ । यूएन पार्कमा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधि र प्रतियोगिता समावेश गरिनेछन् । जस अन्तर्गत सहभागीले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्ज, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शो र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्पर र थप आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो विशेष इभेन्ट मार्फत इनफ्लुएन्सर, भ्लगर, र अपाचे प्रेमी एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।
कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।
-बाइक अपग्रेड गर्ने सुनौलो अवसर !
फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे ‘एक्सचेन्ज मेनिया’ बाइक प्रेमीले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो । यस कार्यक्रम अन्तर्गत ग्राहकले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै, ३१,००० रूपैयाँ सम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
साथै, कार्यक्रममार्फत एक्सचेन्ज मूल्याङ्कनमा १०,००० रूपैयाँ सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९% ब्याजदरमा १८ महिने किस्ताबन्दी मा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्तालाई निःशुल्क एक्सेसरीजको ब्यवस्था पनि रहेको छ ।
नेपालमा आफ्नो प्रभावशाली उपस्थितिलाई थप बलियो बनाउँदै, टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डेका रुपमा समेत कार्यक्रमको भव्य आयोजन गर्दैछ । नेपालभर १ लाखभन्दा बढी अपाचे राइडर रहेको उत्सव, अपाचे कम्युनिटीलाई समर्पित गरिने कम्पनीले जानकारी दिएको छ ।
यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको छ । नेपालको सबैभन्दा रोमाञ्चक बाइकिङ अनुभवको हिस्सा बन्न नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया