आइतबार, वैशाख ७, २०८२

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नेपालखोज २०८१ फागुन २३ गते १५:५०

दाङ । लमही नगरपालिका-७ नयाँबस्तीस्थित सडकमा लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा.१ प ६०३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश चौधरी मृत्यु भएको छ ।

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया