आइतबार, वैशाख ७, २०८२

२० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

नेपालखोज २०८१ फागुन २३ गते २१:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रहेको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ चैत्र तीन गते देखि २०८२ चैत्र तीन गतेसम्म तोकिएको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही फागुन २७ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि १६ करोड, बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैंयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया