बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन
नेपालखोज
२०८१ फागुन २४ गते ९:२४

कञ्चनपुर । बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।
आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन्
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो ।
रिजालका स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए ।
सम्बन्धित
प्रतिक्रिया