बुधबार, वैशाख १०, २०८२

महिला अधिकारसम्बन्धी कानुन कार्यान्वयन गर्ने मन्त्री सुडीको प्रतिबद्धता

नेपालखोज २०८१ फागुन २४ गते १६:१७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षाका निम्ति संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

११५औँ अन्तरराष्ट्रिय महिला दिवसका मूल समारोध समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधानको धारा ३८ मा ‘प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुने’ र ‘सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने’ उल्लेख गरिएको बताउँदै संविधानले गरेका कानुनी व्यवस्थको कार्यान्वयनमा हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपसमामुख इन्दिरा रानाले पनि महिलाको सवालमा संविधानमा व्यवस्था गरिएको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नीति निर्माण र कार्यकारी पदमा महिलाको सहभागिता बढाउनुपर्नेमा उनको थियो ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले महिलाका सवालमा कानुन बनाउने भन्दा पनि कार्यान्वयन चुनौतीपूर्ण बनेको बताए ।

प्रतिक्रिया