सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजक बनौं : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेपालखोज
२०८१ फागुन २४ गते १८:४०

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्वदेखि सजक हुनुपर्ने बताएका छन् ।
एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्व रहेको भन्दै सजक हुनुपर्ने बताए ।
एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसबिरुद्ध एकतावद्ध भएर खवरदारी गर्नुपर्ने उनको भनाइ छ । उहाले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको धारणा राखे ।
उनले होली पर्वको सांस्कृतिक र सामाजिक महत्व धेरै भएकाले सामाजिक सद्भाव र भाइचारा कायम गरि मनाउनुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया