बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

नेपालखोज २०८१ फागुन २५ गते ११:४२

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आज १ हजार ३७७ विद्यार्थी दीक्षित हुँदैछन् ।

प्रधानमन्त्री ओली दिउँसो काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदैछन्।

प्रतिक्रिया