भारतको पञ्जाबमा भवन भत्किँदा एक जनाको मृत्यु, ६ घाइते
नेपालखोज
२०८१ फागुन २५ गते १९:२६

नयाँदिल्ली । उत्तरी भारतीय राज्य पञ्जाबमा एक कारखानाको भवन भत्किँदा एक कामदारको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।
दुई जना मजदुर भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । पञ्जाबको सहर अमृतसरबाट करिब १५४ किलोमिटर दक्षिण पूर्व लुधियाना जिल्लामा साँझ एउटा कपडा कारखानाको भवन भत्किएको छ ।
कारखानाको भवन भत्किएको समयमा त्यहाँ २९ जना कामदार रहेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताए । “कारखानामा मर्मत कार्य चलिरहेको थियो, जब अचानक एउटा स्तम्भ भत्कियो, जसको कारण पूरै भवन भत्कियो,” एक प्रहरी अधिकारीले बताउनुभयो ।
‘भवन भत्किँदा विस्फोटको आवाज पनि सुनिएको थियो । उद्धार कार्य जारी छ ।’ प्रशासनले भवन भत्कनुको कारणबारे छानबिन गरी विस्तृत प्रतिवेदन पेश गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।
रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया