चार विधेयक प्रमाणित
नेपालखोज
२०८१ फागुन २६ गते १९:१२

काठमाडौं । राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गरेका छन् ।
अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७६’ प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि भोलि मङ्गलबार राष्ट्रपति कहाँ पठाइनेछ ।
संविधानको धारा ११३ को उपधारा ९१० बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा ९२० बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्छ । राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया