अमेरिकाले ८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै : विदेशमन्त्री

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो ।
‘छ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३५ कार्यक्रम रद्द गर्दैछौं,’ रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे ।
रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग ९डीओजीई० लाई धन्यवाद दिए ।
ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क गरेका छन् । रासस/एएफपी
प्रतिक्रिया