शनिबार, वैशाख ६, २०८२

बैंकबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

नेपालखोज २०८१ फागुन २८ गते १३:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।

आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ । परिपक्व हुुने अवधि २१ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिती चैत्र २० गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीको लागि यो उपकरण बिक्री हुन लागेको हो ।

राष्ट्र बैंकका अनुसार खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया