आइतबार, वैशाख ७, २०८२

वुमन्स डे कप : नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

नेपालखोज २०८१ फागुन २८ गते १४:२२

काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपाललाई नामिबियाले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको हो ।

नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन् ।

ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रिन ८ रनमा आउट भए । मर्सर्ली गोरासेस ४, सिल्विया शिहेपो १ र एडेल वान जिल शून्य रनमा आउट भइन् ।

प्रतिक्रिया