सोमबार, वैशाख ८, २०८२

ट्रम्पले भने- युक्रेनमा युद्धविरामको लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान

नेपालखोज २०८१ फागुन २९ गते ११:२१

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन् । यद्यपि, उनले यो टोलीमा समावेश गरिएका व्यक्तिहरू को हुन् भन्ने खुलासा भने नगरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको बेला यो खबर आएको हो ।

साउदी अरेबियाको जेद्दामा भएको बैठकपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अब यस विषयमा रुसलाई तयार पार्ने काम अमेरिकाको हातमा रहेको बताएका थिए ।

यसैबीच, रुसी राष्ट्रपतिको कार्यालयले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताएको छ र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता हुन सक्ने पनि बताएको छ ।

प्रतिक्रिया