बुधबार, वैशाख १०, २०८२

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

नेपालखोज २०८१ फागुन २९ गते १९:०३

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेकी उनको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरेकी थिइन् ।

मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछीन् ।

मन्त्री डा राणाले यही मार्च १७ मा उदघाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ रु नामक फरक-फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै उहाँले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया