सोमबार, वैशाख ८, २०८२

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइ सकारात्मक

नेपालखोज २०८१ फागुन २९ गते २२:२०

काठमाडौं । इजिप्ट, जोर्डन, हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको बिहीबारको भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् ।

ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उनको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । यद्यपि, यसको व्याख्याबारे तत्काल थप स्पष्ट भएको छैन।

प्यालेस्टिनीलाई गाजाबाट निकाल्ने योजनाबारे आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँग छलफल भइरहेको छ कि छैन भनेर सोधिएको एक पत्रकारको प्रश्नको खण्डन गर्दै ट्रम्पले भने, ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला गर्दैन ।’

अमेरिका र कतारसँगै हमास र इजरायलबीचको युद्धविराम वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले ‘गाजा क्षेत्रका बासिन्दाहरूलाई वस्ती छोड्न माग नगर्ने सम्बन्धमा’ अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यको प्रशंसा गरेको छ ।

जोर्डनले ‘अमेरिकी राष्ट्रपतिको बुधबारको टिप्पणी’ को स्वागत गर्दै दुई-राज्य (प्यालेस्टिनी र इजरायली) समाधान र ‘न्यायपूर्ण र दिगो शान्ति हासिल गर्ने महत्वलाई जोड दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको सरकारले प्यालेस्टिनी राज्यको दर्जा अस्वीकार गरेको छ ।

प्रतिक्रिया