राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
नेपालखोज
२०८१ चैत २ गते ८:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न बैठक बोलाइएको हाे ।
समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्य–मान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।
पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया