‘संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्न उचित होइन’
नेपालखोज
२०८१ चैत २ गते १३:३६

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताए ।
सांसद पन्तले इतिहास तोडमोड उनले गरेको आरोप लगाए । सांसद पन्तले भने, ‘इतिहास पढेर आउनू, जुम्लामा हा हु गरेजस्तो होइन ।’
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया