सोमबार, वैशाख ८, २०८२

पश्चिमाले प्रतिबन्ध हटाए पनि हामीलाई कमजोर पार्ने प्रयास गर्नेछ : पुटिन

नेपालखोज २०८१ चैत ४ गते २२:२१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एक व्यापारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मङ्गलबार पश्चिमाले रुसमाथिको प्रतिबन्ध हटाए पनि कमजोर पार्ने प्रयास गर्ने बताएका छन् ।

अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको फोन वार्ता अघि व्यापक रूपमा पश्चिमा विरोधी भाषण दिँदै पुटिनले जी ७ समूह नक्सामा हेर्न धेरै सानो भएको र पश्चिमी प्रभुत्व खस्कँदै गएको बताए ।

फेब्रुअरी सन् २०२२ मा युक्रेन विरुद्धको पूर्ण स्तरको सैन्य आक्रमणको प्रतिक्रियामा पश्चिमी देशहरूले रूसमाथि व्यापक प्रतिबन्ध लगाए ।

यद्यपि रुसी अर्थतन्त्रले प्रतिबन्धहरूको प्रारम्भिक झटका पार गरेको छ । साथै, रुसले धेरै पश्चिमी ब्रान्डहरूको लागि घरेलु विकल्पहरू फेला पारेको छ । ट्रम्प प्रशासनले मस्कोमाथि लगाइएका प्रतिबन्धहरू कम गर्ने कि नगर्ने भनेर भन्न अस्वीकार गरेको छ । रासस/एएफपी

प्रतिक्रिया