नौ महिनापछि दुई अन्तरिक्षयात्री पृथ्वीमा
नेपालखोज
२०८१ चैत ५ गते ८:२२

काठमाडाैं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर स्पेसएक्सको ड्र्यागन क्याप्सुलमा सवार अन्य दुई अन्तरिक्ष यात्रीहरूसँगै पृथ्वीमा फर्किएका छन् ।
गत वर्ष जुनमा आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका यी दुई अन्तरिक्ष यात्री नौ महिनापछि फर्कन सफल भएका हुन् ।
सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए । त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् । बीबीसी
सम्बन्धित
प्रतिक्रिया