माल्दिभ्सको समृद्धि र सुरक्षा भारतसँगको असल सम्बन्धमा निर्भर : पूर्वराष्ट्रपति नसिद

नयाँदिल्ली, भारत । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले भारतको पर्यटन माल्दिभ्सको पर्यटन उद्योगको परिपूरक रहेको र माल्दिभ्सको समृद्धि, रक्षा र सुरक्षा भारतसँगको राम्रो सम्बन्धमा निर्भर रहेको बताएका छन् । उनले माल्दिभ्स जाने भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको स्वीकार्दै माल्दिभ्सका लागि भारत फेरि दोस्रो ठूलो गन्तव्य बनेको बताए ।
भारतीय समाचार संस्था एएनआईसँगको अन्तवार्ताका क्रममा माल्दिभ्समा भारतीय पर्यटकको आगमनमा आएको कमीबारे सोधिएको प्रश्नमा नसिदले भन्नुभयो, “म भनिरहन्छु, हाम्रो समृद्धि, रक्षा र सुरक्षा भारतसँगको हाम्रो राम्रो सम्बन्धमा धेरै हदसम्म निर्भर छ । यसमा अर्को तत्व पनि छ ।
भारतको पर्यटन माल्दिभ्सको पर्यटन उद्योगको पूरक हो । उनले भने, यदि श्रीलङ्कामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन्छ भने यसले माल्दिभ्सको पर्यटन वृद्धिमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले यदि हामीले पर्यटन सङ्ख्यालाई बढायौँ भने यसले भारतको पर्यटन उद्योगलाई सहयोग पुयाउन सक्छ र भारतले मिनिकोय टापुहरूलाई रिसोर्टको रूपमा विकास गर्यो भने यसले माल्दिभ्सलाई फाइदा पुर्याउँछ ।
दुई छिमेकीबीचको सम्बन्ध यहाँको पर्यटन उद्योगको विकासको पुरक हुनसक्छ । उनले भने, मिनिकोय टापुहरूमा आउने आउने पर्यटकले माल्दिभ्सको बारेमा सुन्नेछ। तिनीहरू अर्को छुट्टीमा माल्दिभ्स आउनेछन् । कुनै पनि स्थानको जानकारीले त्यहाँको पर्यटनलाई टेवा पुर्याउन सक्छ अर्थात् भारतमा आएका पर्यटकले माल्दिभ्स र माल्दिभ्समा आएका पर्यटकले भारतको पर्यटनबारे अप्रत्यक्ष रूपमा जानकारी प्राप्त गर्छन् । त्यसैले मलाई लाग्छ पर्यटन दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउने र पर्यटन विकासका लागि विशेष आधार हो ।
उनले अगाडी भने, पछिल्लो समय भारतबाट पर्यटक आगमनमा गिरावट आएको थियो, तर सौभाग्यवश अब यो बढ्नेछ । फेरि पनि, भारत हाम्रो दोस्रो ठूलो गन्तव्य हो । हामीले भारतसँग राम्रो सम्बन्ध राख्नुपर्छ र माल्दिभ्समा सबै भारतीयलाई स्वागत छ । भारत र माल्दिभ्सबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को चर्चाका बीच माल्दिभ्समा चीनको प्रभावबारे उनले भने, हामी चिनियाँ पर्यटक, भारतीय पर्यटक, युरोपेली पर्यटक र जताततैबाट आउने पर्यटकसहित सबै गन्तव्यबाट आउने पर्यटक चाहन्छौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर माल्दिभ्स सरकारका केही मन्त्रीले अपमानजनक टिप्पणी गरेपछि भारत र माल्दिभ्सबीच विवाद उत्पन्न भएको छ ।
प्रतिक्रिया